भारतीय विदेशमन्त्री डा। एस। जयशंकरका अनुसार भारतबाट नेपालका लागि पाँचौँ राहत विमान प्रस्थान गरेको छ। उक्त विमानमा ११ सदस्यीय विशेष उद्धार टोलीसँगै खोज तथा उद्धारमा प्रयोग हुने अत्याधुनिक मेसिन तथा उपकरणहरू पठाइएको छ।
बाढी तथा पहिरोका कारण जोखिममा परेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धारमा यी उपकरण उपयोगी हुने अपेक्षा गरिएको छ।
यस्तै, विपद् प्रभावित क्षेत्रमा देखिन सक्ने स्वास्थ्य समस्यालाई लक्षित गर्दै भारतले ५ दशमलव ५ टन अत्यावश्यक औषधिसमेत नेपाल पठाएको छ।
जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका लागि भारतको पाँचौँ विमान प्रस्थान गरेको जानकारी दिँदै त्यसमा उद्धार टोली, विशेष उपकरण र अत्यावश्यक औषधि रहेको बताएका छन्।
नेपालमा बाढी–पहिरोपछि खोज, उद्धार र राहत कार्य तीव्र पार्न भारतले यसअघि पनि विभिन्न चरणमा राहत सामग्री, खाद्यान्न र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।