यो निर्णयअनुसार ब्यालेन्सड फण्ड-१ का लगानीकर्ताले करसहित कुल १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँ बराबरको प्रतिफल पाउनेछन्। यस योजनाको बुक क्लोज अर्थात् दर्ता किताब बन्द हुने मिति पछि सार्वजनिक गरिनेछ।
अर्कोतर्फ, क्यापिटलकै व्यवस्थापनमा रहेको ग्लोबल आइएमई समुन्नत योजना-२ ले भने यस वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ। बाह्य लेखापरीक्षण सकिएलगत्तै क्यापिटलले यो निर्णयबारे धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई औपचारिक जानकारी गराएको छ।