उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई काठमाडौंको प्रस्ताव

Sep 15, 2026 01:19 PM Merolagani



काठमाडौ महानगरपालिकाले उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानिय तहलाई प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रस्ताव गरेकी हुन् । काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रीकालिन यातयात सेवामा जोडिन उनले भक्तपुरका स्थनीय तहलाई पनि आग्रह गरिन्। उनकाअनुसार गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहकार्ययमा साझा यातयातले रात्रिकालिन यातयात सेवा सञ्चालन भइरहेको छ ।

रात्रीकालीन बस सेवा काठमाडौं बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको उनले बताइन् । अब सेवा विस्तारका लागी भक्तपुरका स्थानीय तहहरुले पनि साझेदारी गर्नुपर्ने उनको भनाई छ । श्रमिक तथा मध्यम वर्गको लागि रात्रिकालिन वस सेवा अत्यावश्यक देखिएको उनले बताइन् । उनले प्रारम्भिक चरणमा यातयात सेवा संचालनमा केही घाटा देखिएको उनले बताइन् । त्यसलाई सबै स्थानीय तहले व्यहोर्नेगरी सेवा सञ्चालन गर्न उनले जोड दिइन्। रात्रीकालीन सार्वजनिक यातायात सेवा सञ्चालन हुने सबै स्थानीय तहबीच वित्तीय साझेदारी गरेर सेवालाई दीर्घकालिन सञ्चालन गर्नुपर्ने बताइन् । । यातयात सेवालाई दिगो बनाउनसकेमा यात्रु संख्या बढ्ने उनको भनाई छ । श्रमिक वर्गलाई लक्षित गरी सेवा सञ्चालन भएकाले स्थानिय तहले नै वित्तिय साझेदारी गर्नुपर्ने देखिएको बताइन् । सेवा सञ्चालन हुने पालिकाहरूले लागत साझेदारी गरेमा कुनै एक स्थानीय तहमा मात्र आर्थिक भार नपर्ने उनको भनाई छ ।

उनले भनिन्, ‘हाम्रो सहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्वपूर्ण भुमिका हुन्छ । अर्को महत्वपूर्ण कुरा भनेको एउटा पालिकालाई अर्को पालिकासँग जोड्ने ‘ट्रान्स–बाउन्ड्री’ अर्थात् अन्तरपालिका यातायात पनि हो । राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू बिस्तारै कम हुँदै जान्छन् । धेरै श्रमिक वर्गका मानिसहरू काठमाडौँमा काम गर्नुहुन्छ, तर उहाँहरूको घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि लगायतका ठाउँमा हुनसक्छ । काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ । अहिले राइड सेयरिङको सुविधा भए पनि तुलनात्मक रूपमा त्यो महँगो छ । त्यसैले सार्वजनिक यातायातको पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा हामीले दिउँसोको सेवासँगै रात्रीकालीन सेवामा पनि सुधार गर्नुपर्ने आवश्यकता देखेका छौँ । तर रात्रिकालीन सेवाबाट सुरु गरौँ, भनेर हामीले वैशाखदेखि सेवा सञ्चालन गरेका छौँ । हाल यसरी विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायातसँग जोड्नुपर्ने माग व्यापक रूपमा आएको छ । अहिले उपलब्ध तथ्याङ्क हेर्दा पनि राति बसको आवश्यकता देखिएको छ । यसको लागि सबै स्थानिय तहको सहकार्य आवश्यक छ । सेवा सञ्चालन हुने रुटसँग प्रत्यक्ष रूपमा जोडिएका पालिकाहरूले लागत साझेदारी गर्ने हो भने कुनै एउटा पालिकामाथि ठूलो आर्थिक भार पनि पर्दैन । अर्को महत्वपूर्ण पाटो भनेको स्वामित्व हो । एउटा पालिकाले मात्र ‘म गर्छु’ भनेर यो सेवा सञ्चालन गर्न सक्ला, तर हामीले त्यसरी अघि बढ्नु हुँदैन । यसमा संयुक्त स्वामित्व हुनुपर्छ । जब संयुक्त स्वामित्व हुन्छ, तब यो यातायात सेवा हामी सबैको सेवा बन्छ । यसलाई संस्थागत गर्न सकियो भने सेवा दिगो रूपमा सञ्चालन गर्न सकिन्छ । अहिले हामी रुट विस्तार गर्दैछौँ । यस क्रममा भक्तपुरलाई पनि यसैगरी साझेदारीमा जोडेर अघि बढाउन विशेष अनुरोध गर्दछु ।’

उनले रात्रीकालीन सार्वजनिक यातायातलाई स्थानीय तहबीच समझदारी गरेर दीगो संचालन गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तह जोडिने रुटमा सेवा विस्तार गर्दा काठमाडौं, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, ठिमी, सूर्यविनायकलगायत पालिकाले लागत साझेदारी गर्न सक्नेछन् । उनले रात्रीकालीन सेवा विस्तारमा भक्तपुरका स्थानीय तहलाई पनि साझेदारीका लागि विशेष आग्रह गरिन् ।

भक्तपुर नगरपालिकाका र मध्यपुर थिमी नगरपालिका दुवैले काठमाडौं महानगरपालिकाको प्रश्तावलाई सकरात्मक भएको भन्दै साझेदारीको लागि ईच्छुक रहेको जनाएका छन् । असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने गरि तयारी थालिएको छ । सेवालाई भक्तपुरमा पनि जोड्न काठमाडौं महानगरले विशेष पहल थालेको हो । असोज ३ गतेदेखि उपत्यकाको उत्तर दक्षिण र पूर्वपक्षिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गर्न लागिएको हो । यसअन्तर्गत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् । चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।