आज मन्त्रिपरिषद् र सर्वदलीय बैठक बस्दै

Sep 16, 2026 11:23 AM Merolagani



प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसोका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ठीक ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार आजको मन्त्रिपरिषद् बैठकमा मुलुकको पछिल्लो समसामयिक विषयहरूमाथि विस्तृत छलफल गरिनेछ। समसामयिक विषयमा छलफल पश्चात् बैठकबाट सरकारका तर्फबाट आवश्यक महत्त्वपूर्ण निर्णयहरू समेत लिइने बताइएको छ।

मन्त्रिपरिषद् बैठक बस्नुअगावै आजै बिहान ११ बजे सर्वदलीय बैठक समेत आयोजना गरिएको छ। उक्त सर्वदलीय बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेका हुन्।

रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा मुख्यगरी उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा दलहरूबीच छलफल हुने जनाइएको छ। आज बिहान बस्ने सर्वदलीय बैठक र दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।