एकाएक हथवेमा किन लाग्यो उल्टो सर्किट, १५ %ले घट्यो

Sep 18, 2026 01:46 PM Merolagani



लक–इन अवधि समाप्त भएसँगै हथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड (HATHY) को शेयर मूल्यमा उच्च बिक्री चाप देखिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार कम्पनीको शेयर मूल्य १५ प्रतिशतले घटेर ४९९ रुपैयाँ ८० पैसामा झरेको हो।

बिहीबार ५८८ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको शेयर शुक्रबार ८८ रुपैयाँ २० पैसाले घटेको हो। कारोबार सुरु भएदेखि नै बिक्री चाप बढेपछि शेयर मूल्य १५ प्रतिशतको नकारात्मक सर्किटमा पुगेको हो। कम्पनीका संस्थापक तथा कर्मचारीतर्फको कुल २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लक–इन अवधि शुक्रबारदेखि समाप्त भएको छ। यसमध्ये २ करोड ४ लाख ७५ हजार कित्ता संस्थापक शेयर र ५८ हजार ५०० कित्ता कर्मचारी शेयर रहेको बताइएको छ।

लक–इन अवधि समाप्त भएपछि ती शेयर कारोबारयोग्य हुने भएकाले बजारमा बिक्रीयोग्य आपूर्ति बढ्न सक्ने अपेक्षा गरिएको छ। यही कारण लगानीकर्तामाझ बिक्री दबाब बढेको बजार सहभागीहरूको बुझाइ छ।

यद्यपि, लक–इन खुलेका सबै शेयर तत्काल बिक्री भएको भने होइन। वास्तविक बिक्रीको अवस्था कारोबार विवरण तथा फ्लोरसिटबाट मात्रै स्पष्ट हुनेछ। शुक्रबार HATHY शीर्ष घट्ने कम्पनीसमेत बनेको छ।

 
 
 
 



पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।