यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीमार्फत छपाइ थालेको हो।
ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ। प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैँ लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
नयाँ प्रणालीबाट लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको ढिलाइ र अन्य समस्या कम हुने अपेक्षा गरिएको विभागले जनाएको छ।