आँखुखोला जलविद्युत कम्पनीद्वारा अपर आँखुखोलामा ५ करोड लगानी गर्ने

Sep 24, 2026 11:57 AM Merolagani




आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले अपर आँखुखोलामा लगानी गर्ने निणर्य गरेको छ। 

कम्पनीले धादिङमा निर्माण हुन लागेको ४४ मेगावाट क्षमताको उक्त आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

 

 

कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले आँखुखोला हाइड्रोले प्रवद्र्धन गर्न लागेको सो आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।