अर्थमन्त्री डा. वाग्ले कतारमा हुने एसियाली पूर्वाधार विकास बैंकको बैठकमा सहभागि हुँदै

Sep 27, 2026 08:54 AM Merolagani



एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स) को ११ औँ वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले हिजो (असोज १० गते) साँझ कतारको राजधानी दोहा पुगेका छन्।

अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडान मार्फत साँझ ७ बजे दोहा प्रस्थान गरेका हुन्। प्रतिनिधिमण्डलमा अर्थमन्त्रीसँग अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि गएका छन्।

एआईआईबीको ११औँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नेछन्।

भ्रमणका क्रममा अर्थमन्त्रीको उपस्थितिमा एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्।

वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी असोज १४ गते, बुधबार कतार एयरवेजको उडानमार्फत स्वदेश फिर्ता हुनेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।