भारतबाट २५१ मेगावाट बिजुली आयात, बाढीपछिको माग धान्न सहज

Sep 29, 2026 01:44 PM Merolagani



गत भदौ १० र असोज ८ र ९ गते आएको बाढीका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुग्यो । बाढीका कारण एक हजार मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भयो ।

ठूलो क्षमता विद्युत् अवरुद्ध भएपछि देशको माग धान्न सरकारले भारतबाट विद्युत् खरिद गरेर आपूर्ति गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, बाढीपछि पनि भारतबाट २५१ मेगावाट बिजुली आयात भइ वितरण भइरहेको हो ।

प्राधिकरणका अनुसार, नेपालले भारतको सम्पतीया, रामनगर, रक्सौल र टकनपुरतर्फबाट बिजुली आयात गरेको हो । यो अवधिमा सम्पतीयाबाट ७० मेगावाट, रामनगरबाट ३६.४ मेगावाट, रक्सौलबाट ८९.२ मेगावाट र टनकपुरतर्फबाट ५५ मेगावाट बिजुली आयात गरेको हो ।

भारतबाट बिजुली आयात भएकाले पनि बाढीपछि विद्युत् आपूर्तिमा सहज भएको प्राधिकरणले जनाएको छ ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।