प्रि ओपन सेसन अपडेटः साढे ५ अंक घट्यो नेप्से

Sep 30, 2026 10:55 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५२ अंक घटेर २५९८.१९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०४ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ५४ स्टकको ९५ पटकको कारोबारमा २१ लाख ८५ हजार २६७ रुपैयाँ ५० पैसाबराबरको ४ हजार २४१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।