सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारणसभा सम्पन्न

Oct 06, 2026 11:45 AM Merolagani



सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको दर्ता कार्यालय बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा असोज १९ गते साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

 

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्षको अन्त्यसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पनि पारित गरेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि साधारणसभाले अनुमोदन गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार तथा डिम्याट खातासम्बन्धी सेवासहित पूँजी बजारसँग सम्बन्धित विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीमा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित उद्योग–व्यवसायीको समेत लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्तालाई पूँजी बजारमा प्रत्यक्ष सहभागी हुन सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सिटिजन्स क्यापिटलले सिटिजन्स बैंक इन्टरनेसनलका देशभरका विभिन्न शाखा कार्यालयमार्फत आफ्ना सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।