गगनलाई आफैले पढाएका गुरुको चुनौती

Oct 06, 2026 04:00 PM Merolagani



नेपाली कांग्रेसको सभापति गगन थापालाई सभापति पदमा आफैले पढाएका शिक्षकले चुनौती दिएका छन् ।

सभापति पदमा उम्मेद्वारी दिएका श्यामकृष्ण खड्गी थापाका पूर्वशिक्षक हुन् ।

जारी १५औँ महाधिवेशनका क्रममा उनले सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि रहेका खड्गीले आफू चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताएका छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनले लोकतन्त्र र विधिको शासनका लागि आफू लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेको दाबी गरेका छन् ।

खड्गीको उम्मेदवारीसँगै कांग्रेस सभापति निर्वाचनमा रोचक समीकरण देखिएको छ । उनी पार्टी सभापतिका अर्का आकांक्षी गगनकुमार थापाका पूर्वशिक्षक हुन् । थापा विद्यार्थी रहँदा खड्गीले काठमाडौंको सिद्धार्थ वनस्थली विद्यालयमा अध्यापन गरेका थिए ।

खड्गी सन् २०४८ सालतिर सिद्धार्थ वनस्थलीमा गणित शिक्षकका रूपमा पुगेका थिए । त्यतिबेला थापा सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । खड्गीका अनुसार त्यसबेला विद्यार्थीको संख्या धेरै भएकाले आफूले थापालाई विशेष रूपमा याद नगरे पनि पछि थापा राजनीतिमा आएपछि आफूले उनलाई पढाएको थाहा भएको थियो ।

पार्टी राजनीतिमा भने खड्गीले काठमाडौं क्षेत्र नम्बर ६ मा लामो समय काम गरेका छन् । उनी यसअघि क्षेत्रीय सभापतिसमेत बनेका थिए । २०५७ सालमा भएको कांग्रेसको १०औँ महाधिवेशनमै उनी महाधिवेशन प्रतिनिधि बनेको विवरणसमेत सार्वजनिक भएको छ ।

यसपटक कांग्रेस सभापतिमा गगनकुमार थापासहित किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

विद्यालयमा शिक्षक–विद्यार्थी रहेका खड्गी र थापा अहिले एउटै पार्टीको सर्वोच्च नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेसको १५औँ महाधिवेशनमा यो विषय पनि चर्चाको विषय बनेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।