पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

Oct 07, 2026 03:56 PM Merolagani



सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ केही व्यक्ति तथा नातेदारको घरमा छापा मारेको छ ।

विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छापा मारेको हो ।

स्रोतका अनुसार जबराका केही नातेदारको घरमा समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पुगेको छ । छापाका क्रममा जबराका निकटस्थ व्यक्तिहरूका घरबाट केही महत्त्वपूर्ण कागजातसमेत बरामद गरिएको बताइएको छ ।

यसअघि केही दिन मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यरातमा पक्राउ गरेको थियो । उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेर पछि छाडिएको थियो ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।