कम्पनीले आफ्ना लगानीकर्ताहरूको लगानी क्षमता बढाउने, प्रविधिमैत्री सेवा तथा सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा ल्याएको जनाएको छ। यस सुविधामार्फत लगानीकर्ताहरूले आफूसँग उपलब्ध पूँजीको अधिकतम उपयोग गर्दै धितोपत्र बजारमा थप लगानी अवसरहरूको सदुपयोग गर्न सक्नेछन्।

यस्ता छन् मुख्य सर्त तथा सुविधाहरू:
-
वार्षिक ब्याजदर : ८.००% (प्रतिवर्ष)
-
मार्जिन कारोबार सीमा : न्यूनतम रु. १० लाखदेखि अधिकतम रु. २ करोडसम्म
-
ब्रोकर फाइनान्सिङ : अधिकतम ७०% सम्म
-
प्रारम्भिक मार्जिन (Initial Margin) : ३०%
-
सम्भार मार्जिन (Maintenance Margin) : २०%
-
सुविधाको समयावधि : १ देखि ३ महिनासम्म
-
सेवा शुल्क : ०.२५%
उपयोग गरिएको रकममा मात्र ब्याज लाग्ने
ब्रिलियन्ट सेक्युरिटिजका अनुसार यस सुविधाको मुख्य विशेषता भनेको स्वीकृत कुल सीमामा नभई लगानीकर्ताले वास्तवमा शेयर खरिदका लागि प्रयोग गरेको रकममा मात्र ब्याज लागु हुने पारदर्शी व्यवस्था हो। यसले गर्दा लगानीकर्तामाथि अनावश्यक ब्याजको भार पर्दैन। साथै, न्यूनतम सुरुआती पूँजीबाटै लगानीकर्ताले आफ्नो खरिद क्षमता र कारोबार सीमा बढाउन सक्नेछन्।
यो सुविधा नेपाल धितोपत्र बोर्ड (SEBON) तथा नेप्सेको प्रचलित नियम, नियामकीय व्यवस्था र स्वीकृत सीमाभित्र रही सञ्चालन हुने कम्पनीले जनाएको छ। मार्जिन कारोबारमा बजार जोखिम समेत अन्तरनिहित रहने भएकाले लगानीकर्ताहरूले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखेर मात्र निर्णय गर्न समेत कम्पनीले अनुरोध गरेको छ।