कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राठी केबल्समा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

उत्पादनमूलक उद्योगमा पुँजी परिचालन गर्ने उद्देश्यसहित गरिएको यो लगानीले राठी केबल्सको व्यावसायिक विस्तार र उत्पादन क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विराटनगरको स्थापित औद्योगिक क्षेत्रसँग जोडिएको यस उद्योगमा एनआरएन इन्फ्रास्ट्रक्चरले लगानी गर्ने निर्णयलाई उत्पादनमूलक क्षेत्रमा निजी लगानी बढाउने प्रयासका रूपमा पनि हेर्न सकिन्छ।
एनआरएन इन्फ्रास्ट्रक्चरले केबल उद्योगमा मात्रै नभई जलविद्युत् क्षेत्रमा समेत लगानी विस्तार गर्ने निर्णय गरेको छ। कम्पनीले ६३ मेगावाट क्षमताको छजङ खोला जलविद्युत् आयोजना र ९० मेगावाट क्षमताको दूधकोशी–२ जलविद्युत् आयोजनामा पनि लगानी गर्ने भएको छ।
कम्पनीले दूधकोशी–२ जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँ र छजङ खोला जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। यी दुई जलविद्युत् आयोजना र राठी केबल्समा प्रस्तावित लगानीले ऊर्जा तथा औद्योगिक क्षेत्रमा कम्पनीको लगानी विस्तार गर्ने रणनीति देखाउँछ।