हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हाइवे एस्योरेन्स’ कार्यक्रमअन्तर्गत असोज २८ देखि ३१ गतेसम्म (अक्टोबर १४–१७) बिहान १० देखि साँझ ६ बजेसम्म सेवा उपलब्ध गराउने जनाएको छ ।
‘ड्राइभ होम विथ कन्फिडेन्स’ नारासहित सञ्चालन हुने कार्यक्रममा २६ बुँदामा गाडीको निःशुल्क जाँच गरिनेछ । कम्पनीले पेट्रोलियम इन्धनबाट चल्ने गाडीका साथै विद्युतीय गाडी (ईभी) प्रयोगकर्तालाई लक्षित गरी तोकिएका स्थानमा चार्जिङ सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।
कार्यक्रमअन्तर्गत बिर्तामोड, जनकपुर, हेटौंडा, भरतपुर, बुटवल, बाँके, इच्छाकामना, डुम्रे र इटहरीमा सेवा उपलब्ध हुनेछ । दशैंमा लामो दूरीको यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गरी सम्भावित प्राविधिक समस्या कम गर्न कार्यक्रम उपयोगी हुने कम्पनीको अपेक्षा छ ।