Fri, Oct 16, 2026
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम भाेलि शनिबार हुने भएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण कार्यक्रम शनिबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने जनाइएको छ।
महाधिवेशनको मतगणना सकिएलगत्तै पार्टीले थापाको शपथ ग्रहणको समय निर्धारण गरेको हो। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने दशैं पछिमात्र गर्ने तयारी कांग्रेसको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।