यसको प्रभावका कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा आकाश धुम्मिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रभाव शनिबारसम्म रहने अनुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ । केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
मौसम प्रतिकूल हुँदा बाढी, पहिरो, हिमपहिरो तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।