चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको असर: कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

Oct 31, 2026 07:00 AM Merolagani



बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवात र पश्चिमी वायुको प्रभाव अझै कायम रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाखाशाका अनुसार यस प्रणालीको प्रभावले गर्दा आज देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविदहरूका अनुसार आज विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। लगातारको यो मौसमी प्रणालीका कारण पहाडी तथा हिमाली भूभागमा पहिरो जाने जोखिम कायम रहेको छ भने नदीनालाहरूमा पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ।

निरन्तरको वर्षाले गर्दा विभिन्न स्थानमा पाकेर भित्र्याउने बेला भएको धानबालीमा क्षति पुर्‍याएको छ, जसले किसानहरूलाई चिन्तित बनाएको छ। मौसम विभागले आगामी दिनमा मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको जनाए पनि नदी तटीय क्षेत्र, पहिरोको उच्च जोखिम भएका तथा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।