Mon, Nov 02, 2026
सरकारले युवाहरूका लागि आयोजना गर्न लागेको ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयक निःशुल्क अनलाइन तालिमको आवेदन प्रणाली अवरुद्ध भएपछि सोमबार नयाँ फाराम उपलब्ध गराउने भनिए पनि हालसम्म नयाँ पोर्टल सञ्चालनमा आउन सकेको छैन।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (भैंसेपाटी) ले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिसँगको सहकार्यमा आगामी कात्तिक १८ र १९ गते तालिम सञ्चालन गर्ने गरी गुगल फाराममार्फत आवेदन खुलाएको थियो। तर, आवेदन खुलेको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाहरूले आवेदन दिएपछि अत्यधिक चापका कारण फाराममा प्राविधिक समस्या उत्पन्न भई पहुँच अवरुद्ध भएको थियो। गुगल फाराम अवरुद्ध भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै नयाँ फाराम सोमबार (कार्तिक १६ गते) आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइने जानकारी गराएको थियो। मन्त्रालयले पहिले नै सफलतापूर्वक आवेदन दिइसकेका व्यक्तिहरूले पुनः आवेदन दिनु नपर्ने र उनीहरूको विवरण सुरक्षित रहेको स्पष्ट पारेको थियो। मन्त्रालयले सोमबार नयाँ आवेदन फाराम उपलब्ध गराउने बताए तापनि आज सोमबार बिहानसम्म पनि आधिकारिक पोर्टल वा नयाँ फाराम सञ्चालनमा आइसकेको छैन। जसका कारण पहिलो चरणमा आवेदन दिन छुटेका हजारौँ इच्छुक युवाहरू अझै नयाँ लिङ्क र पोर्टलको प्रतीक्षामा अन्योलमा परेका छन्। प्रतिष्ठानले आगामी बुधबार र बिहीबार चार ‘सिफ्ट’मा गरी कुल दुई हजार प्रशिक्षार्थीलाई अनलाइन तालिममा सहभागी गराउने र छनोट भएकाहरूलाई एसएमएसमार्फत जानकारी दिने यसअघि नै तय गरेको छ। यद्यपि, तोकिएको दिन सोमबार बित्न लाग्दा समेत नयाँ फाराम खुल्न नसकेपछि तालिमको पूर्वघोषित तालिका प्रभावित हुने हो कि भन्ने संशय उत्पन्न भएको छ। नयाँ पोर्टल कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने विषयमा मन्त्रालयले थप स्पष्ट पारिसकेको छैन।
गुगल फाराम अवरुद्ध भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै नयाँ फाराम सोमबार (कार्तिक १६ गते) आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइने जानकारी गराएको थियो। मन्त्रालयले पहिले नै सफलतापूर्वक आवेदन दिइसकेका व्यक्तिहरूले पुनः आवेदन दिनु नपर्ने र उनीहरूको विवरण सुरक्षित रहेको स्पष्ट पारेको थियो।
मन्त्रालयले सोमबार नयाँ आवेदन फाराम उपलब्ध गराउने बताए तापनि आज सोमबार बिहानसम्म पनि आधिकारिक पोर्टल वा नयाँ फाराम सञ्चालनमा आइसकेको छैन। जसका कारण पहिलो चरणमा आवेदन दिन छुटेका हजारौँ इच्छुक युवाहरू अझै नयाँ लिङ्क र पोर्टलको प्रतीक्षामा अन्योलमा परेका छन्।
प्रतिष्ठानले आगामी बुधबार र बिहीबार चार ‘सिफ्ट’मा गरी कुल दुई हजार प्रशिक्षार्थीलाई अनलाइन तालिममा सहभागी गराउने र छनोट भएकाहरूलाई एसएमएसमार्फत जानकारी दिने यसअघि नै तय गरेको छ। यद्यपि, तोकिएको दिन सोमबार बित्न लाग्दा समेत नयाँ फाराम खुल्न नसकेपछि तालिमको पूर्वघोषित तालिका प्रभावित हुने हो कि भन्ने संशय उत्पन्न भएको छ। नयाँ पोर्टल कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने विषयमा मन्त्रालयले थप स्पष्ट पारिसकेको छैन।
लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।