प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक घट्यो नेप्से

Nov 06, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३५ अंक घटेर २६५०.२३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक घटेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५९ स्टकको ८९ पटकको कारोबारमा १८ लाख ४५ हजार ५९० रुपैयाँबराबरको ३ हजार ८०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४० स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।