महालक्ष्मी विकास बैंकले ७.१८ प्रतिशत लाभांश बाँड्ने, बोनस र नगद कति?

Nov 06, 2026 04:52 PM Merolagani



महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीलाई कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ६५७औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ३.४० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा रहेको छ। यसका आधारमा बैंकले १५ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ।

त्यस्तै, १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

यसरी बैंकले कुल ३२ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ ७३ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी २५औँ वार्षिक साधारण सभामा पेस गरिनेछ। साधारण सभाबाट पारित भएपछि मात्रै उक्त लाभांश सेयरधनीले प्राप्त गर्नेछन्।