एनपीएल: कीर्तिपुरमा आज शीर्षस्थान र अस्तित्वको रोचक भिडन्त, काठमाडौँ-सुदूरपश्चिम र चितवन-जनकपुर आमनेसामने

Nov 13, 2026 09:15 AM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोहोरो प्रतिस्पर्धा हुँदैछ। लिग चरणको समीकरण निर्णायक मोडमा पुगिरहँदा आजको खेलमा एकातिर शीर्षस्थानमा उक्लिने दाउ छ भने अर्कोतिर प्लेअफको आशा जीवितै राख्ने 'गर या मर' को दबाब देखिनेछ।

पहिलो खेल: शीर्षस्थानको होडमा काठमाडौँ र सुदूरपश्चिम

आज दिउँसो १२:३० बजे सुरु हुने दिनको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेका यी दुवै टोली अङ्क तालिकाको शीर्षस्थानमा उक्लिने लक्ष्यका साथ मैदान उत्रनेछन्। हालसम्म ५ खेल खेलेको काठमान्डु ४ जित र १ हारसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने ६ खेलमा ४ जित र २ हार बेहोरेको सुदूरपश्चिम तेस्रो स्थानमा छ।

दोस्रो खेल: प्लेअफको आशा जोगाउन चितवन र जनकपुरको भिडन्त

यसैगरी, आजै ५ बजे आयोजना हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको चितवन र छैटौँ स्थानमा रहेको जनकपुर दुवै टोलीका लागि आजको खेल प्रतियोगितामा आफ्नो अस्तित्व र प्लेअफको सम्भावना जीवितै राख्न अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।

शीर्ष दोस्रो स्थानको दौड र मध्यक्रमको अस्तित्व जोगाउने लडाइँका कारण आज त्रिवि क्रिकेट मैदानमा दुवै खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।