अमेरिकामा धेरै बैंकमा प्राविधिक गडबडी, ग्राहकद्वारा केही बैंकिङ सेवा प्रयोग गर्दा कठिनाइ भएको गुनासो

Nov 17, 2026 04:13 PM Merolagani



अमेरिकामा बैंक अफ अमेरिका, जेपी मोर्गन चेज, वेल्स फार्गोलगायत धेरै बैंक तथा वित्तीय संस्थाका ग्राहकले केही बैंकिङ सेवा प्रयोग गर्दा कठिनाइ भएको गुनासो गरेका छन् ।

अनलाइन सेवामा आएका अवरोधसम्बन्धी प्रयोगकर्ताका रिपोर्ट दर्ता गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार, करिब चार हजार ५०० जनाले जेपी मोर्गन चेजको अनलाइन बैंकिङ सेवामा समस्या आएको जनाएका छन् ।

बीबीसीलाई प्राप्त जानकारीअनुसार चेज बैंकमा प्राविधिक गडबडी आएको थियो र यो मामिला कुनै आक्रमण वा साइबर सुरक्षासँग जोडिएको देखिँदैन ।

चेजले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा बैंकको आफ्नै हार्डवेयर सिस्टममा सफ्टवेयरको गडबडीका कारण कामकाज अस्थायी रूपमा प्रभावित भएको जनाइएको छ । “यो अवरोध कुनै साइबर आक्रमणसँग जोडिएको भन्ने कुनै प्रमाण छैन,” बैंकले भनेको छ, “केही ग्राहकका अनुरोधमा काम गर्न सामान्यभन्दा बढी समय लागिरहेको छ ।”

चेजले अरू बैंकहरूसँग जोडिएका कारोबारमा ती बैंकमा पनि असर परेको हुन सक्ने जनाएको छ । यद्यपि, यो सम्पूर्ण बैंकिङ नेटवर्कमा फैलिएको समस्या नभएको उसले स्पष्ट पारेको छ ।

क्यापिटल वन, पीएनसीलगायत अरू केही बैंकले भने आफ्ना बैंकिङ प्रणाली प्रभावित नभएको बताएका छन् ।

चेजले ग्राहकले अझै पनि आ–आफ्ना खाता र पैसासम्म पहुँच पाउन सक्ने र समस्या समाधानका निम्ति काम भइरहेको जनाएको छ ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।