आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार कार्यालयको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये दोस्रो स्थान हासिल गरेको भन्दै कम्पनीलाई सम्मान गरिएको हो ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कार्यालयले सिद्धार्थ केबलकारलाई सम्मानपत्र प्रदान गरेको हो । कम्पनीले राष्ट्रिय विकासमा योगदान पुर्याउँदै कर प्रणालीमा समेत उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
रुपन्देहीको बुटवलस्थित सिद्धार्थ केबलकार लिमिटेडले स्थायी लेखा नम्बर ३०५७५४७१६ मार्फत कर दाखिला गर्दै आएको छ ।
सम्मानपत्रमा कम्पनीलाई आगामी दिनमा पनि अन्य करदाताका लागि प्रेरणाको स्रोत बन्दै थप योगदान गर्न अपेक्षा गरिएको उल्लेख छ ।
आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बरखाल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले हस्ताक्षर गरेको सम्मानपत्र २०८३ साल मंसिर १ गते प्रदान गरिएको हो ।