सांग्रिला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद जारीबाट चुक्ता पूँजी पुर्याउने, धितोपत्र बोर्डमा निवेदन

Sep 03, 2017 merolagani



सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले ८० प्रतिशत हकप्रद जारि गरेर दुई अर्ब ५० कराेड पूँजी कायम गर्ने भएको छ । जसका लागि बैंकले एक अर्ब आठ करोड ६७ लाख रुपैयाँको ८० प्रतिशत अर्थात एक करोड आठ लाख ६७ हजार ७९८ दशमलव ५० कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

सांग्रिला बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । गत असारमा कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको सांग्रीलाको गत बर्षकाे चाैथाे त्रैमाससम्ममा एक अर्ब ३५ करोड ८४ लाख ७४ हजार रुपैयाँ चुक्ता पूँजी पुगेकाे छ । हकप्रद निश्कासनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ४३ करोड पाँच लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको बाँकी रकम बैंकले गत आर्थिक बर्षको बोनसबाट सहजै पुरा गर्नेछ । 

गत आर्थिक वर्षमा बैंकले ३४ करोड ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक २६ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।