नेपाल आयल निगमद्धारा इन्धनमा बढाएको मूल्यवृद्धि फिर्ता

Nov 02, 2017 Merolagani



नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने बढाएको इन्धनको मूल्य वृद्धि फिर्ता गरेको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले मूल्यवृद्धि फिर्ता लिएको जानकारी दिए ।

निगमले प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो । चौतर्फी दबाबपछि निगमले मूल्यवृद्धि फिर्ता लिएको हो । 

अब पेट्रोल प्रतिलिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७४ रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा नै उपलब्ध हुने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो । मूल्य वृद्धि फिर्ता भएपछि निगमलाई १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएको छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।