'सेयर बजार अब रिगंरोड भित्र मात्र सिमित हुँदैन', अनिल शाह (भिडियो)

Jul 11, 2018 Merolagani



नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बजेटलाई सम्बोधन गर्ने गरी मिश्रित मौद्रिक नीति आएको बताएका छन् । उनले सेयर कर्जाका साथै मार्जिन कलका सम्बन्धमा नीतिले गरेको व्यवस्थाबाट सेयर बजारका लगानीकर्ता उत्साहित बन्नु पर्ने बताएका छन् । 

शाहले ग्रामीण क्षेत्रका बैंक शाखामा वैधानिक तरलता अनुपात (एसएलआर) र नगद मौज्दात अनुपात (सिआरआर) नलाग्ने मौद्रिक नीतिमा उल्लेख हुनु सकारात्मक भएको बताए । व्याजदरको समस्या समाधान हुँदै जाने उनको विश्वास छ ।

वाणिज्य बैंकलाई सेयर दलाल व्यवसाय संचालनको बाटो खुल्ला भएकाले सेयर बजार अब रिगंरोड भित्र मात्र सिमित नहुने उनको तर्क छ ।

मौद्रिक नीतिका सम्बन्धमा के भन्छन् शाह ? भिडियोमा हेर्नुहोस्




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।