घलेम्दीको आईपिओ नतिजा मेराेलगानीमा हेर्नुहाेस्

Jan 15, 2019 merolagani



घलेम्दी हाइड्रो लिमिटेड (GHL) को साधारण शेयर (आईपिओ माघ १ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने १९.५६ प्रतिशतले मात्र २० कित्ता प्राप्त गरेका छन् ।

आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध भएको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ। ती आवेदकबाट कूल एक हजार ५७० कित्ताको आवेदन परेको थियो । सदर भएको ५४ हजार ६९२ जना आवेदनबाट २.५४ गुणा बढी अर्थात ३९ लाख तीन हजार ७० कित्ताको माग भएको थियो ।

सदर भएका ५४ हजार ६९२ जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम पहिलो चरणमा समानुपातिक रुपमा २० कित्ताका दरले १० लाख ९३ हजार ८४० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

नतिजा तलकाे लिकंमा गएर हेर्नुहाेस् ।

घलेम्दीको आईपिओ नतिजा




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।