राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये कुन बैंकले कमायो सबैभन्दा बढी नाफा? कुनको नाफा वृद्धिदर धेरै?

Apr 20, 2025 02:34 PM Merolagani



राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार यस्ता विकास बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ यस्तो नाफा कमाएका छन्। समीक्षा अवधिमा यी बैंकहरुको खुद नाफा ४.३५ प्रतिशत बढेको हो।

 

गरिमा विकास बैंकको नाफा सबैभन्दा बढी

८ राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा सो बैंकले ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रकमका आधारमा शीर्ष स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले भने चालु आर्थिक वर्षको सोही अवधिसम्मा ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको खुद नाफा समीक्षा अवधिमा १६.८६ प्रतिशत घटेको हो।

चैत मसान्तसम्ममा सबैभन्दा कम नाफा कमाउने राष्ट्रियस्तरको विकास बैंक भने लुम्बिनी विकास बैंक रहेको छ। यस बैंकले सो अवधिसम्ममा ४ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

ज्योति विकास बैंकको नाफा सर्वाधिक बढ्यो

समीक्षा अवधिमा ज्योति विकास बैंकको नाफा सबैभन्दा बढी बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १०१.१४ प्रतिशत बढेर ३० करोड ६६ लाख रुपैयाँ पुगेको छ।

राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये ३ विकास बैंकको खुद नाफा समीक्षा अवधिमा घटेको छ। जसमध्ये लुम्बिनी विकास बैंकको खुद नाफा सर्वाधिक ८५.४५ प्रतिशत घटेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।