इम्पेरमेन्ट चार्ज बढ्दा मितेरी डेभलपमेन्ट बैंकको नाफा प्रभावित

Apr 17, 2026 09:01 AM Merolagani



मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढाएका कारण खुद नाफा सामान्य मात्र बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६७.०५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३८.८६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको सञ्चालक आम्दानी १३.९६ प्रतिशत र सञ्चालन मुनाफा ४.०७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १० करोड ७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज बढेर २ करोड २५ लाख रुपैयाँ पुगेको छ जसका कारण खुद ब्याज आम्दानीको तुलनामा खुद नाफा सामान्य बढ्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४१ पैसा बढेर १० रुपैयाँ ५४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३६ पैसा रहेको छ।

१ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४७ करोड ९० लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ८ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।