नाफा बढेपनि नागरिक लगानी कोषको ईपीएस घट्यो

May 11, 2025 05:47 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.२३ प्रतिशत र कुल खर्च ३९.३६ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको ईपीएस भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ।

६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।