सुनको मूल्य रेकर्ड नजिक, चाँदी सवार्धिक उचाईमा स्थिर

Jun 15, 2025 10:36 AM Merolagani



असार १ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य बढेर झन् रेकर्डस्तर नजिक पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँ कारोबार भएको थियो । पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर रेकर्डस्तर नजिक पुगेको हो । हालसम्म छापावाल सुनको उच्च मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ रहेकाे छ ।

यस दिन पनि चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा नै स्थिर भएको छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर चाँदीको कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतिताेला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ  ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।