सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Jun 25, 2025 10:39 AM Merolagani



असार ११ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटेकाे छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिन देखि सुनको मूल्यमा निरन्तर घटिरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।