जोशी हाइड्रोपावरको शेयरमूल्य समायोजन

Jun 20, 2025 06:35 AM Merolagani



असार ६ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड (JOSHI) को शेयरमूल्य समायोजन भएको छ। बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३१६ रुपैयाँ ९८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य अनुसार कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको अन्तिम मूल्य ४५८ रुपैयाँ २ पैसा कायम भएको थियो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। अर्थात कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ६.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।