बीवाइडी र एमजीका दुई इलेक्ट्रिक कार बजारमा, कति पर्छ मूल्य ?

Jul 02, 2025 05:37 PM merolagani



नेपाली बजारमा बीवाइडी र एमजी ब्रान्डका विद्युतीय कारको बिक्री सुरु भएको छ । 

जुलाई महिना देखिनै कम्पनीहरुले ती दुई नयाँ कार बिक्री सुरू गरेका हुन् ।

एमजीले ४० लाख भित्रै रहने गरी विन्डसर ईभीको बुधबारदेखि बिक्री सुरू गरेकाे छ । एमजी मोटर्स इन्डियाले उत्पादन गरेको विन्डसर भारतमा निकै सफल मोडल हो । भारतमा धेरै ठूलो संख्यामा बिक्रीपछि नेपालमा बिक्री सुरू हुन लागेको हो ।

पारामाउन्ट मोटर्सले गत जेठको पहिलो साता नेपाल ल्याएको विन्डसर प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध मोडल हो । आजदेखि बिक्री सुरू हुन लागेको विन्डसरले बजारमा रहेका डोङफेङ नामी ह्याचब्याक र बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

 

साइमेक्स इंकले भने बीवाइडी सिलायन(सेभनको बिक्री सुरू गर्न लागेको हो । कम्पनीले अघिल्लो वर्षको नाडा अटो शोमै नेपाल ल्याएको सिलायन(सेभेनको आधिकारिक बिक्री आगामी शुक्रबारबाट थाल्दैछ । कम्पनीले यसको मूल्य ७५ लाख हाराहारी राख्ने अनुमान गरिएको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।