जगदम्बा मोटर्सले सो स्कुटरको बुकिङ्ग खुला गरिसकेको छ। अबको केही दिनमा नै सो स्कुटरको बिक्री सुरु गरिने लक्ष्य सहित बुकिङ्ग खुला गरिएको हो।
नयाँ आउन लागेको जुपिटरमा पुरानो मोडलको भन्दा आकर्षक डिजाइन देख्न सकिन्छ। टीभीएसले जुपिटर ११० लाई परिमार्जन गरेर त्यसको प्लेटफर्मका साथै डिजाइनमा पनि परिवर्तन गरेको छ। जसले इन्ट्री लेभल स्कुटर सेग्मेन्टमा यो पहिलेकोभन्दा आकर्षक देखिएको छ।
नयाँ लुक
टीभीएसले नयाँ जुपिटरमा ठूलो एलईडी डीआरएल उपलब्ध गराउनुका साथै यसलाई नयाँ शार्प लुक पनि दिएको छ। एलईडी डीआरएलसँगै यसमा एलईडी हेडलाइट र एलईडी टेल लाइट पनि पाउन सकिन्छ। यसको बडीमा मेटर र प्लास्टिकको राम्रो उपयोग गरिएको छ। यसमा पियानो ब्ल्याक फिनिशलाई धेरै पार्ट्समा दिइएको छ जसले यसलाई प्रिमियम स्कुटरको लुक दिन सहयोग गरेको छ।
विशेषता
नयाँ जुपिटरमा धेरै विशेषताहरु टीभीएसले थपेको छ। १२५ सीसी सेग्मेन्टमा पाइने विशेषताहरु टीभीएसले नयाँ जुपिटरमा उपलब्ध गराएको छ। सो स्कुटरमा २२० एमएमको प्याटल डिस्क ब्रेक दिइएको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक दिइएको छ। यस स्कुटरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भोइस असिस्ट, टर्न बाइ टर्न नेभिगेशन, ब्लुटूथ कनेक्टिभिटी, फाइन्ड माइ भेइकल, डिसेन्ट टू एम्प्टी, एभरेज फ्यूल इकोनोमी, मोबाइल चार्जिङ्गका लागि यूएसबी पोर्ट, ३३ लिटरको अन्डरसिट स्टोरेज, फलो मी हेडल्याम्प, दुई लिटरको ग्लोब बक्स र ब्याग हुक जस्ता विशेषताहरु पाउन सकिन्छ। यसको इन्धन भर्नको लागि फ्रन्टमा फ्यूल क्याप दिएको छ। त्यसैगरी, यसमा दुईवटा हाफ हेलमेट राख्न सकिने बुकस्पेस उपलब्ध छ।
इन्जिन
यस स्कुटरमा १३३ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन पाउन सकिन्छ। यस सँगै फ्यूल इन्जेक्शन टेक्नीक र स्पार्क इग्निशनलाई पनि दिइएको छ। यो इन्जिनले ६ हजार ५०० आरपीएममा ८ हर्ष पावर र ५ हजार आरपीएममा ९.२ एनएम टर्क जेनरेट गर्दछ।