सीईओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठेको भन्दै वर्षमा २ करोड कमाउनेलाई किन ऋण चाहियो भन्दै प्रश्न गरे ।
सांसद तामाङले भने–‘सीईओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठ्यो । उहाँहरुले वर्षमा २ करोड कमाउनु हुँदो रहेछ । उहाँहरुलाई ऋण किन चाहियो ?’
धनीको पैसा बजारमा ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनको भनाई छ । उनले व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । कानूनहरु बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताए ।
उनले एक वर्षभित्र कालोधनलाई वैधानिक बनाउन दिनुपर्ने बताए । त्यस्तो ३ खर्ब भन्दा बढी रकम रहेको दाबी गरे । उनले पाँच सयका नोटमाथि प्रतिवन्ध लगाउनुपर्नेमा समेत जोड दिए । उनले यसमा अर्थसमितिले पहल गर्नुपर्ने बताए।