'हिजो ऋण लिएका अहिले किन सुस्ताए ? अध्ययन हुनुपर्छ'

Jul 06, 2025 02:11 PM Merolagani



अर्थ समितिका सभापति सन्तोष चालिसे नेपाल राष्ट्र बैंकले बैंकमा ऋण लिन जाने वातावरण बनाउनुपर्ने बताएका छन् ।

आईतावर सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले बजार सुस्ताउनु खतरनाक पक्ष भएको बताए । आगामी मौद्रिक नीतिले चलायमान बनाउनुपर्ने उनको भनाइ छ । अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्ने बताए। बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याउनुपर्ने बताए ।

सभापति चालिसेले भने– ‘अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्छ । बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याओस् । हिजो ऋण लिएकाहरु अहिले किन सुस्ताए । सबै बैंकमा आउन किन डराए । यसबारे अध्ययन हुनुपर्छ । मौद्रिक नीतिले समेत सम्बोधन गर्नुपर्छ ।’

उनकाअनुसार २०७२ सालको भूकम्पका बेला बैंकहरुले छुट दिने काम भएन । धेरैको घरजग्गा बैंकमा अड्किएको छ । त्यसैले मान्छेहरु ऋण लिन जान सकिरहेका छैनन् । यसमा अध्ययन हुनुपर्ने उनको भनाइ छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।