माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता

Jul 06, 2025 02:53 PM Merolagani



माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएकाे छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड बिच अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न आज असार २२ गतेका दिन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विर बहादुर घलेद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता सगै अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य माछापुच्छ्रे क्यापिटल लिमिटेड बागदरबाट हुने छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।