बिहीबार अर्थ समितिमा उपस्थित अध्यक्ष श्रेष्ठले आईपीओ स्वीकृतिमा दुई समितिको निर्देशन बाझिँदा काम गर्न नसकेकाे बताए ।
९० भन्दा मुनि नेटवर्थ हुने कम्पनीलाइ आईपीओ जारी नगर्न लेखा समितिले निर्देशन दिएकाे थियाे भने अर्थ समितिले ठीक विपरीत ९० नेटवर्थ भन्दा मुनि हुने कम्पनीलाइ आईपीओ जारी गर्न निर्देशन दिएकाे थियाे।
‘दुई वटा समितिको कुरा बाँझिदा अन्यौल भएको छ । दुई समितिको निर्देशन आउँदा अब कसरी अगाडि बढ्ने भन्ने अन्यौल सिर्जना भएको छ,’अध्यक्ष श्रेष्ठले भने, ‘अर्थ समितिको निर्देशन प्राप्त भएपछि फेरि लेखा समितिले हाम्रो निर्देशन कार्यान्वयनको अवस्था कस्तो छ ? भनेर सोधेको छ ।’
यसैवीच श्रेष्ठले बोर्डको बैठकमा नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुसँगै नेप्से पुनर्संरचनामा पनि रहेको बताएका छन् ।