नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो

Jul 10, 2025 03:24 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक २५.८९ अंक बढेर २७३१.८० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार करिब साढे ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ८८ हजार ६१५ पटकको कारोबारमा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँबराबरको २ करोड ६४ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन माइ खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.१५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माण्डु हाइड्राेपावर, समता लघुवित्त वित्तीय संस्था र भगवती हाइड्राेपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशत घटेको छ।

कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड ५ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ३२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा बैंकको करिब साढे २६ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार र जलविद्युत उपसमूहको परिसूचक सामान्य घटेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।