व्यक्तिगत मार्जिन कर्जाको सीमा २५ करोड बनाइयाे

Jul 11, 2025 01:03 PM Merolagani



व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले जारी गरेको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको हो ।

यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याइएको छ । शेयर लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमा हटाउन माग गरेका थिए ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।