काठमाडौं महानगरले ल्यायो पौने २६ अर्बको बजेट

Jul 13, 2025 04:20 PM merolagani



काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरले उक्त बजेट विनियोजन गरेको हो ।

आइतबार बसेको महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।