नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

Jul 20, 2025 10:58 AM merolagani



नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमाप्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National BestPresented Annual Report Award -NBPA – 2024)द्वारा सम्मानित भएको छ ।

आइक्यानले आर्थिक वर्ष २०२३÷२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनकालागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२÷२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थियाे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखापरिक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुनेछ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवाप्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमानवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा कामगर्दै आएको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।