जसको डिम्याट खातामा शेयर छैन उसको खाता रोक्का गरिँदै, पाँच वर्ष देखिन नवीकरण नगर्नेको समेत स्थगन हुने

Jul 23, 2025 02:42 PM merolagani



कोही कसैको खातामा शेयर नभए अब उनीहरूको खाता रोक्का हुने भएको छ। अझै कसैले पाँच वर्ष देखि नवीकरण नगरेको भए उनीहरूको खाता पनि स्थगन हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले मंगलबार “नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमहरू ”सार्वजनिक गर्‍यो। सोही सार्वजनिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्न लागिएको उल्लेख छ।

नेपाल धितोपत्र बोर्डले उक्त व्यवस्था गर्न सिडिएससीलाई निर्देशन दिइसकेको छ। सिडिएससीले विद्यमान नियम परिवर्तन गर्ने बोर्डलाई अनुरोध गरे पश्चात् नियम परिवर्तन भई उक्त व्यवस्था लागु हुने छ। “बोर्डले सिडिएससीलाई विद्यमान व्यवस्थामा परिमार्जन गर्न, पाँच वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्जाद नभएका हीतग्राहि खाता बन्द गर्न सक्ने, उक्त खाताहरू बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा सो छुट दिने र निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपश्र्चात मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनु पर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बन्धित विनियम संशोधनका लागि बोर्डमा पेस गर्न निर्देशन दिएको छ,” बोर्डले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

 

 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।