अहिले बजारको उत्साहलाई स्पष्ट भन्नुपर्दा नेपाल राष्ट्र बैकको मौद्रक नीति ल्यायो । त्यो मौद्रिक नीति पूँजी बजार मैत्री आयो । सोही कारणले बजार उत्साहित भएकाे हाे । यो बजारलाई बढेको बढ्यै छ भनेर भन्न मिल्दैन, भखरै बामे सर्दैछ । बजार ३ हजारको विन्दुलाई पार गर्न सकेको छैन् । अहिलेको बजारको प्रवृती सन्तुलित छ । बजार परिपक्क भएको देखिन्छ ।
अहिलेको बजार बढ्नु पर्ने प्रशस्तै कारणहरु रहेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा छ । प्रणालीमा लगानीयोग्य रकम प्रशस्तै छ । सिडि रेसियो तल्लो विन्दुमा छ । कर्जा लिएर शेयर कारोबार गर्नेहरुको लागि पनि सस्तो दरमा कर्जा पाएका छन् । मुद्दतीको ब्याजबाट सन्तुष्ट हुनेहरुलाई पनि घट्दो ब्याजदरले शेयर बजारले आकर्षित गरेको छ । साथै केन्द्रीय बैंकले सहजिकरण गर्दै आएको छ । विगतमा बजारलाई अप्ठ्याराे पारेको नीतिहरुमा परिवर्तन भएकाे छ । जोखिम भार १०० मा झरेको छ । धितो कर्जाको सीमा १५ बाट २५ करोड पुर्याएको छ ।
लघुवित्तलाई पनि सहजिकरण गरेको छ । बैंक तथा वित्तीय संस्था लोनलस प्रोभिजनलगायतका व्यवस्थाले वित्तीय समस्याहरु सुधारात्मक रहेका छन् । समग्रमा भन्नु पर्दा खुकुलो मौद्रिक नीतिकै कारणले आर्थिक गतिबिधिहरु चलायमान हुने भएको छ । गतवर्ष प्रतिफल वितरण गर्न नसकेका कम्पनीले यस वर्ष सक्षम भएका छन् । त्यसैले दोस्रो बजार उत्साहित भएको छ । बजारको यो उत्साहको सुरुवाती चरण हो ।
मौद्रिक नीतिकै कारण उत्साहित हुँदै गर्दा लगानीकर्ता संघहरुले बजार सुधारको लागि गर्दै आएको मागहरु पूरा भएका छैनन । त्यसैले बजारलाई विथोल्ने सम्भावना त छैन नि ?
विगतमा मौद्रिक नीतिले लिएका कठोर नीतिहरु फुकुवा गर्ने लगानीकर्ताहरुको माग हो । नेपाल राष्ट्र बैंकले त्यसलाई क्रमिक रुपमा सहज बनाउँदै आएको छ । लगानीकर्ताका पूरा नभएका मागहरु पनि विस्तारै सम्बोधन हुने विश्वास छ ।
शेयर बजार चलायमान हुन थालेको छ । तर अन्य आर्थिक गतिविधिहरु अझै सुस्ताएको अवस्था छ । समग्र अर्थतन्त्र सिथिल हुँदाा एक्लो बजारको उत्साह दीगो हुन्छ ?
हो, मौद्रिक नीतिले यसपटक शेयर बजारको लागि मात्रै नभएर समग्र आर्थिक गविधिलाई चलायमान बनाउनमा केन्द्रित भएको छ । यसले शेयर बजार मात्रै नभएर समग्र आर्थिक गतिविधि चलायमान हुने विश्वास गरिएको छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरकारले ल्याएकाे बजेटलाई टेकेर आएकाे छ । यो वर्षको बजेट र मौद्रिक नीति आर्थिक गतिबिधि चलायमान गराउने गरि आएका छन् । नेपालको अर्थतन्त्र चलाउने भनेको घर जग्गा, पूँजी बजार र ट्रेडिङ अर्थात व्यापार हो । मौद्रिक नीतिले घर जग्गाको लागि पनि सहज बनाएको छ । कर्जा सहज बनाएको छ । रेमिट्यान्स भित्रने क्रम झनै बढ्दाे छ । हामीसँग लगानीयोग्य रकम प्रशस्त छ । साथै मौद्रिक नीतिले साना उद्योगहरुलाई पनि बढ्वा दिएको देखिन्छ । अबको आर्थिक गतिविधि द्रुत रुपमा चल्ने वाला छ । समग्र गविविधि चलेपछि पूँजी बजारमा पनि सुधार हुने विश्वास गर्न सकिन्छ ।
सूचक सकारात्मक रहदै गर्दा बजार पूँजीकरण स्वभाविक रुपमा बढ्छ । बजारको पूँजी करणसँग कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई तुलना गर्ने गरिन्छ । यो बजारको कस्तो फण्डा हो ?
पछिल्लो समय पूँजीकरणले दैनिक नयाँ उचाई बनाएको छ । शेयर बजारको पूँजीकरणसँग कुल गार्हस्थ उत्पादन (जीडीपी) तुलना गर्न मिल्दैन । अर्थतन्त्रलाई गहिरोसँग बुझेको मान्छेले यस्तो कुरा गर्दैनन् । अर्थतन्त्र नबुझे र सतहीमा गरिएका यस्ता कुराले बजारलाई प्रभावित पार्दैन ।

लगानीका अन्य क्षेत्रहरु नभइ राखेको अवस्थामा शेयर बजारमा नै लगानी गर्ने हो । सानोदेखि ठूला लगानी क्षमता भएका लगानीकर्ताले सहज लगानी गर्न सक्ने क्षेत्र भनेको पूँजी बजार नै हो ।
पूँजीकरणसँग जीडीपी तुलना गर्नु गलत हो । अन्तराष्ट्रिय बजारमा यस्तो कुरालाई मान्यता नै दिएका हुँदैनन । हाम्रो बामे सर्दै गरेको बजारमा अनेक फण्डा ल्याएर प्रभावित पार्न खोजिन्छ । यस्तो कुराबाट लगानीकर्ताहरु सचेत हुनु जरुरी छ । बजारलाई स्वतस्फुर्त रुपमा बढ्ने वातावरण बनाउनु पर्छ । अनि मात्रै आर्थिक गतिविधिहरु विस्तारै चलायमान हुनेछन् ।
अहिले हाइड्रोपावरको शेयर निष्काशनको विषयले बजार तताएको छ । सरकार विद्युत उत्पदानपछि शेयर जारी गर्ने पक्षमा छ भने अर्को शेयर बिक्रीबाट पूँजी निर्माण गरी आयोजना तयार गर्ने पक्षमा देखिएका छन् । यी दुई धारमा बहस चलेको छ । वास्तवमा बजारको लागि कसाे गर्दा राम्रो हो ?
दोस्रो बजारका लगानीकर्ताहरुको लागि हाइड्रोपावरले उत्पादन गरेपछि शेयर बिक्री गर्ने नीति राम्रो हो । यस्तो हुँदा साधारण शेयरधनीलाई आयोजना कहिले बन्छ, यसको उत्पादन कसरी हुन्छ भन्ने बारेमा चिन्ता हुँदैन । सर्वसाधारणलाई शेयर जारी गरेर आयोजना निर्माण सम्पन्न नहुनुको चिन्ता रहदैन । भलै सबै हाइड्रोपावर कम्पनीलाई एउटै बास्केटमा राख्न उचित हुँदैन । तरपनि यो व्यवस्था लगानीकर्ताको हितमा छ । लगानीकर्ताहरु कम्पनीको आम्दानीको मूल्यांकन गरेर लगानीको योजना बनाउन सक्ने छन् । उर्जा व्यवसायीहरुले यस व्यवस्थामा मतान्तर राख्नु भएको छ । यो दुई पक्षको सहमतिमा लगानीकर्ताको सुरक्षा र व्यवसायीलाई मर्का नपर्ने गरी नीतिको व्यवस्था हुने छ भन्ने आशा छ ।
गतवर्ष सूचक यस्तै विन्दुबाट घट्न सुरु गरेको थियो । लगानीकर्तामा यो पटक पनि बजारमा यस्तै होला भन्ने डर छ । यो विन्दुमा लगानीकर्ताले के गर्ने ?
यसमा लगानीकर्ता डराउनु पर्ने अवस्था नै छैन् । गत वर्ष र यस वर्षको बजारको कुनै तुलना नै छैन् । यो एक वर्षमा खोलामा धेरै पानी बगी सकेको छ । बजारका धमिला कुरा पानीमा बगेका छन् । अहिलेको परिस्थिती शुद्ध छ भन्नुको मतलब गतवर्ष उच्च दरको ब्याजदर कायम थियो । आज सस्तो भएको छ । नीतिगत सुधार धेरै भएका छन् । नियामक निकायमा नेतृत्व परिवर्तन भएको छ । राजनीति गतिविधिमा स्थिरता आएको छ । ढुक्क भएर लगानी गर्ने वातावरण बनेको छ । अबको बजारमा डराउने होइन डुबुल्की मार्ने हो । बजारमा पौडिने समय भनेको नै यहि हो ।
गत वर्षको बढाईमा सन्तुलन थिएन । बढ्ने आधार बलियो भइ नसकेको अवस्था थियो । यो पटक सबै कुराबाट धेरै परिवर्तन भएको छ । कारोबार रकममा सन्तुलन छ । कम्पनी छनोटमा लगानीकर्ता सुझबुझले गरेका छन् । सेक्टर वाईज रोटेसन भएको छ । सबै समूह समान रुपले बढ्न सुरु गरेको छ । त्यसैले यो पटकको बढाईलाई आंशका होइन ढुक्कले लगानी गर्ने समय हो । त्यसैले पुन भन्छु खोलामा धेरै पानी बगि सकेको छ । बजारका फोहर मैला बगाएको छ । अबको खोला सफा भएको छ । यो सफा खोलामा तपाई जति पनि डुबुल्की मार्न अर्थात लगानी गर्न सक्नु हुनेछ ।