सबै सरकारी अस्पतालमा प्रत्येक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

Jul 25, 2025 12:28 PM Merolagani



स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्था तथा अस्पताललाई आफ्नो अस्पताल तथा कार्यालय वरपर लामुखट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयको प्रशासन विभागले एक सूचना जारी गरी देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा यो अभियान चलाउनु पर्ने जनाएको छ।

यसका लागि मन्त्रालयका सबै कर्मचारी तोकिएको समयमा उपस्थित भइ आफ्नो कार्यालय सफा गर्नु गराउनु भनी सूचना जारी गरिएको छ। मन्त्रालयको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साता नै देशभर डेंगी नियन्त्रणका लागि सरकारी कार्यालयसहित हरेक घर, टोल सबैले प्रत्येक साता एक घण्टाका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान चलाउने कार्यक्रम अघि सारेको थियो।

यो अभियान साउनदेखि असोजसम्म नियमित रुपमा जारी राख्नु पर्ने महाशाखाको निर्देशन छ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।