उक्त गाडी नेपालमा साउन २१ देखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२५ का अवसरमा भव्य लन्च गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।
मिफा ७ इभी गाडी नेपाली बजारमा पहिलो उपस्थिति रहेको र प्रिमियम इलेक्ट्रिक सवारीका दृष्टिकोणलदे गेम–चेन्जर हुने वाचा कम्पनीले गरेको छ ।
म्याक्सस मिफा ७ चिनियाँ अटोमोटिभ जायन्ट एसएआइसी मोटर कर्पोरेशन अन्तर्गतको विश्वव्यापी उप–ब्रान्ड म्याक्ससको फ्ल्यागशिप ७–सीटर लक्जरी इभी हाे । नेपालमा, यो गाडी हिमालयन सङ्गठनको एक डिभिजन हिमालयन मोटरएक्सद्वारा प्रस्तुत गरिनेछ, जसले ३० वर्षभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरू आयात गर्दै आएको छ ।
मिफा ७ इभी उच्च प्रदर्शन ९० किलोवाट ब्याट्रीले सुसज्जित छ, जसले एकल चार्जमा ६३५ किमी वा ५७० किमीको अधिकतम दायरा प्रदान गर्दछ । यसले अल्ट्रा–फास्ट १३० किलोवाट चार्जिङलाई समर्थन गर्दछ, जसले ब्याट्रीलाई केवल ३० मिनेटमा ३०% बाट ८०% सम्म बढाउन सक्छ, साथै ११ किलोवाट एसी चार्जर हुन्छ जसले ८.५ घण्टामा पूर्ण रूपमा चार्ज हुन्छ ।

प्रिमियम आराम र आधुनिक जीवनशैलीको लागि निर्मित, मिफा ७ मा डुअल १२.३ इन्च डिजिटल डिस्प्ले, भेन्टिलेटेड र मसाज गर्ने अगाडिको सिट, वायरलेस फोन चार्जिङ, प्यानोरामिक सनरुफ, र दुबै छेउमा पावर स्लाइडिङ ढोकाजस्ता भविष्यका सुविधाहरू रहेका छन् । यसमा ३६०–डिग्री क्यामेराहरू, लेन किपिङ असिस्ट, एडाप्टिभ क्रूज नियन्त्रण, ब्लाइन्ड स्पट मोनिटरिङजस्ता एडीएएस सुरक्षा सुविधाहरू पनि समावेश छन् । म्याक्सस मिफा–७ इभी एक प्रिमियम ७–सिटर गाडीमा उपलव्ध छ ।
यो इभी १८० किलोवाटको मोटर र ९० किलोवाट प्रति घण्टा ब्याट्रीद्वारा सञ्चालन हुन्छ । यसले ६३५ किलोमिटरसम्मको दायरा प्रदान गर्दछ । ५–तारे सुरक्षा मूल्याङ्कन र उच्च–अन्त आराम सुविधाहरूको साथ, मिफा ७ ले नेपालमा इलेक्ट्रिक पारिवारिक सवारी साधनहरूको लागि नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य लिएको छ। हाल म्याक्सस मिफा ७ इलेक्ट्रिक गाडीको मूल्य ९५ लाख देखि रु. १ करोड २५ लाखसम्म हुने कम्पनीले जनाएको छ ।