हप्ताभर सुनको मूल्यमा तीव्र उतारचढाव तर, १४०० रुपैयाँ मात्र बढाेत्तरी

Jul 26, 2025 06:04 AM Merolagani



यस हप्ता नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव आएको छ । गत साउन ४ गते आइतबारदेखि यताको सुनको मूल्य हेर्ने हो भने तीव्र रुपमा बढेको र घटेको पाइन्छ । तर, यो हप्ता जति नै बढी रकमले सुनको मूल्य घटबढ भए पनि अन्ततः हप्ताभर १४०० रुपैयाँ मात्र सुनको मूल्यमा वृद्धि भएको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साउन ४ गते आइतबारका दिन सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० मा कारोबार भएको थियो ।

त्यस्तै, साउन ५ गते सोमबार पनि सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भयो । उक्त दिन एक लाख ९३ हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यस्तै साउन ६ गते मंगलबार भने एकैदिन सुनको मूल्य १ हजार ८०० बढेर उक्त दिन एक लाख ९५ हजार ५०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो । त्यस्तै, साउन ७ गते बुधबार पनि सुनको मूल्यमा पुनः भारी वृद्धि भयो । उक्त दिन सुनको मूल्य दुई हजार १०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, साउन ८ गते बिहीबार भने सुनको मूल्यमा भारी गिरावट आएको छ । उक्त दिन सुनको मूल्य २ हजार ४०० रुपैयाँले घटेर एक लाख ९५ हजार २०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।

त्यस्तै, साउन ९ गते शुक्रबार पनि सुनको मूल्य ५०० रुपैयाँ घटेको छ ।  नेपाली बजारमा छापावाल सुन एक लाख ९४ हजार ७०० रुपैयाँ कायम भइ कारोबार भएकाे थियाे ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।